चिनियां सेनाले साउथ चाइना सीमा ड्रिल सुरु गरेपछि अमेरिकासंग युद्ध हुनसक्ने आशंका

चिनियां सेनाले साउथ चाइना सीमा ड्रिल सुरु गरेपछि अमेरिकासंग युद्ध हुनसक्ने आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– चीनले साउथ चाइना सीमा युद्धअभ्यास सुरु गरेको छ । चीनले सेनाका सैनिक जहाज र फाइटर जेटबाट ड्रिल सुरु गरेको हो । दुवै देशबीच साउथ चाइना सीको विषयलाई लिएर टकराव बढिरहेको बेला चीन आक्रामक रुपमा अघि बढेको हो ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले अमेरिकाले चीनलाई उक्साएपछि चीनले युद्धअभ्यास सुरु गरेको दावी गरेको छ । चिनियां सेनाको एयरफोर्सले लेझू क्षेत्रमा शक्तिशाली हतियार र सैनिक जहाजबाट एंटी शिप, एन्टि एयरक्राफ्टबाट अभ्यास गरेको हो ।

नेभी तथा रकेट फोर्सको जोइन्ट अपरेशन समेत भएको एक जना सैन्य विज्ञले बताएका छन् । २ अगष्टसम्म हुने यो युद्धअभ्यास २ चरणमा चल्नेछ ।

चिनियां रक्षा विशेषज्ञ सांग झांगपांगकाअनुसार एयर फोर्सको लाइव फायर ड्रिल एयरक्राफ्ट तथा जमीनको जहाजलाई शुट गर्न सक्ने हुन्छ । यसको माध्यमबाट हावामा शक्ति हासिल गर्न सकिन्छ तथा दक्षिण चीन सागरमा दुश्मनका जहाजलाई निशाना बनाउनको लागी तालिम हुन्छ ।

रकेट फोर्ससंग एन्टी शिप अभ्यासमा बैलिस्टिक मिसाइलबाट ठुला जहाजलाई निशाना बनाउन सक्छ । एन्टी शिप क्रुज मिसाइलले ३ हजारदेखी ४ हजार किलोमीटरको दुरीको निशानामा हमला गर्न सक्छ ।

अमेरिकी सेनाले दक्षिण चीन सागरमा रेकी तथा सैन्य जहाज र एयरक्राफ्टबाट अभ्यास गर्नको लागी घुसपैठ गरिरहेको बेला चिनियां सेनाले युद्धअभ्यास सुरु गरेको हो । यसले दुवै देशबीच टकरावको आशंका बढाएको छ । अमेरिकाले भने दक्षिण चीन सागरमा चीनको गतिविधिले क्षेत्रीय स्थिरता तथा शान्तिको लागी खतरा बताउंदै आएको छ ।