काठमाण्डु – प्रहरीले लुडोमा बाजी खेलेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डु महानगरपालिका–१४ सुनारगाँउस्थित राजकुमार कार्कीको घरमा रकम हारजित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुडो खेल्ने र खेलाउने समेत गरी ७ जनालाई १ थान वोर्ड र नगद ८७ हजार ५० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने ३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका ८ जनालाई ६ बुक तास र नगद १ लाख १९ हजार ४ सय रुपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रही वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरुबारे प्रहरीले थप अुनसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया