काठमाण्डु – सप्तरीमा एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण भएको छ । जिल्ला अदालत जनकपुरस्थित राजविराज इजलासका न्यायाधीशमाथि कोरोना संक्रमण पुष्टि भएको हो ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि राजविराज नगरपालिकामा लकडाउन गरिएको छ । अहिले बजार र पसल सुनसान रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया