नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । आइतबार धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ज्वरोसहित स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरानमा रिफर गरिएको थियो । उनको बाटोमा मृत्यु भएको बताइएको छ ।

त्यस्तै वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय भारतीय नागरिकको मृत्यु पनि कोरोना संक्रमणबाट भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

दुवै जनाको शव व्यवस्थापन गर्ने तयारी भएको जनाइएको छ ।