चीनको अल्टिमेटमपछि छेन्दुमा रहेको अमेरिकी दूतावास बन्द

चीनको अल्टिमेटमपछि छेन्दुमा रहेको अमेरिकी दूतावास बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजे्नसी – चीनको छेन्दुुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द भएको छ । सोमबार बिहानसम्म वाणिज्य दूतावास बन्द गर्नुपर्ने भन्दै चीले निर्देशन दिएपछि दूतावासका कर्मचारीले आजदेखि चीन छाडेका हुन् ।

अमेरिकी कर्मचारीले सरसामान लिएर कार्यालयबाट बाहिरिएसँगै वाणिज्य दूतावास बन्द भएको बिबिसीले जनाएको छ । अमेरिकी कुटनीतिज्ञले कार्यालय छाड्दा वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेका थियो ।

अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएकोमा जवाफ स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न ७२ घण्टे समयसिमा दिएको थियो ।