भारतले पत्र पठाएर भन्योः कालापानी क्षेत्र हाम्रो हो, नेपालीलाई प्रवेशमा रोक

भारतले पत्र पठाएर भन्योः कालापानी क्षेत्र हाम्रो हो, नेपालीलाई प्रवेशमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गर्दै पत्र पठाएको हो ।

जिप्रका दार्चुलालाई पत्र लेख्दै भारतको धार्चुला प्रशासनले भनेको छ, ‘बिभिन्न नेपाली गुटरसमूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस् । अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ । नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि गतिविधि बढेको छ । हालै त्यहाँ नजिक सडकको ट्र्याक खोल्ने काम भइरहेको छ ।