काठमाण्डु – नेपालमा १३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ५० पुगेको छ । नेपालमा कूल संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या १३ हजार ४ सय ५४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
३ लाख ४७ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको डा. गौतमले जानकारी दिए । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।




प्रतिक्रिया