पोखरास्थित मणिपाल अस्पतालका डाक्टरलाई कोरोना संक्रमण

पोखरास्थित मणिपाल अस्पतालका डाक्टरलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

केही दिनदेखि सामान्य ज्वरो आएका डाक्टरलाई कोरोना संक्रमणको आशंकामा आइतबार उनको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परिक्षणका लागि पठाइएकोमा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उक्त परीक्षणमा कोरोना पोजेटिभ आएपछि उनलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमित डाक्टरले जाँच गरेको बिरामी र उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिसकेको डाक्टर शर्माले बताए ।