चितवन – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चितवन जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।
इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले सोमबार साँझ पूर्वीचितवनको राप्तीबाट पक्राउ गरेको हो । प्रहरी श्रोतका अनुसार बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको छ । साथै बिसीसँगै विप्लवका अन्य जिल्ला नेताहरु समेत पक्राउ परेका छन् ।
पक्राउ परेका अन्यमा रुकुमका होमबहादुर खड्का (हुकुम रसाइली), दलित मुक्ति मोर्चाका महासचिव सुर्खेतका राम लाल विक, चनौलीका भीमबहादुर श्रेष्ठ र रसौलीका दानबहादुर श्रेष्ठ रहेका छन् ।




प्रतिक्रिया