पहिलो कोरोना संक्रमित कुुकुरको अमेरिकामा मृत्यु

पहिलो कोरोना संक्रमित कुुकुरको अमेरिकामा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा पहिलो कोरोना भाइरस संक्रमित (बड्डी नामक)कुकुरको मृत्यु भएको छ । अप्रिल महिनाको मध्यतिर सास फेर्न समस्या भएको कुकुरमा त्यसको ६ हप्तापछि कोरोना भाइरस संक्रमण देखिएको थियो ।

उक्त कुकुरको जुलाई ११ मा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बड्डी कोरोनाभाइरसको संक्रमण देखिने अमेरिकाको पहिलो कुकुर हाे ।

कुकुरका मालिक माहोनिजद्वारा प्रदान गरिएको मेडिकल रिपोर्ट नेशनल जोग्राफिकका दुई भेटेनरियनले बड्डी सम्भवतः लिम्फोमा नामको एक प्रकारको क्यान्सरसँग जुधिरहेको बताएका छन् ।

यद्यपि, क्यान्सरका कारण बड्डीलाई कोरोनाभाइरसको संक्रमण भएको हो वा भाइरसले उसलाई बिरामी बनाएको हो, अथवा यो एउटा संयोग मात्रै हो भन्ने बारे अहिलेसम्म सटिक जानकारी प्राप्त भएको छैन ।