नेपालगञ्ज – बाँकेमा थप २७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको पिसीआर ल्याबमा गरिएको परीक्षणमा २७ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालगञ्जको त्रिभुवन चोक क्षेत्र, आन्तरिक राजस्व कार्यालयबाट संकलन गरिएको स्वाबको नमुना परिक्षण गर्दा राजस्व कार्यालयका ११ जनासहित एकै पटक २७ जनाका कोरोना संक्रमण देखिएको हो ।
त्यसै गरी त्रिभुवन चोक क्षेत्रमा संकलन गरिएको स्वाबबाट थप १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै बाँकेमा कोराना पोजेटिभको संख्या ४ सय ३४ पुगेको छ ।




प्रतिक्रिया