मिर्गाैला प्रत्यारोपण गरेका सांसद अमर सिंहको निधन

मिर्गाैला प्रत्यारोपण गरेका सांसद अमर सिंहको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राज्यसभा सांसद अमर सिंहको निधन भएको छ । सिंगापुरको अस्पतालमा उपचारका क्रममा सिंहको शनिवार दिउँसो मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सांसद सिंहले केही समयअघि मिर्गाैला प्रत्यारोपण गरेका थिए । यसअघि गत मार्चमा मृत्युको हल्ला चले पनि उनी स्वयंले एक भिडियो सन्देश जारी गर्दै आफू ठीक रहेको बताएका थिए ।