वाणिज्य बैंकको पहिलो महिला ‘सिइओ’ मा अनुपमा खुञ्जेली


काठमाडाैँ – वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अनुपमा खुञ्जेली नियुक्त भएकी छन् । मेगा बैंक सञ्चालक समिति बाेर्डले बिहिबार खुञ्जेलीलार्इ रिक्त बैंक सिइअाेमा नियुक्ति गरेकाे हाे ।

तत्कालीन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करियर सुरु गरेकी खुञ्जेली नबिल बैंक हुँदै स्थापना कालमै मेगा प्रवेश गरेकी हुन्। गत पुसमा अनिलकेशरी शाह बैंकबाट बाहिरिए पछि उनले कामु सिइओको जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्।  यसअघि उनी मेगाको नायब कार्यकारी निर्देशक थिइन्।

चार महिना कामु सिइओको जिम्मेवारी निर्वाह गरेकी उनलाइ वैशाख २ देखि फूल सिइओको नियुक्ती दिइएको छ। मेगा बैंक ‘क’ श्रेणीको वाणिज्य बैंक हो।

प्रतिक्रिया दिनुहोस
Advertisement