आईपीएलले गर्यो भिभोसँगको २२ सय करोडको सम्झौता रद्द


एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले चिनियाँ मोबाइल कम्पनी भिभोसँगको मुख्य प्रायोजन सम्झौता रद्द गरेको छ ।

आईपीएलमा भिभो मोबाइलको मुख्य प्रायोजन हटाउन बीसीसीआईमाथि चर्को दबाब परेपछि उसले भिभोसँगको सम्झौता तोडेको हो । यस वर्षको आईपीएल आउँदो १९ सेप्टेम्बरदेखि यूएईमा हुँदैछ ।

भिभोले पाँच वर्षसम्म मुख्य प्रायोजन गर्नको लागि सन् २०१८ मा आईपीएलसँग २ हजार एक सय ९९ करोड भारुको सम्झौता गरेको थियो । आइतबार आईपीएल गभर्निङ्ग काउन्सिलका सदस्यले आईपीएल २०२० को लागि सबै प्रायोजकहरु राखिएको बताएका थिए ।

‘म केवल यति मात्र भन्न सक्छु कि हाम्रा सबै प्रायोजकहरू हामीसँगै छन् । आशा छ कि तपाईले यो रेखा बीचमा पढ्न सक्नुहुन्छ,’ उनले भनेका थिए ।

आईपीएल २०२० युएईमा दुबई, शारजाह र अबु धाबीको तीन स्थानमा आयोजना हुनेछ । त्यसका लागि युएई सरकारले स्वीकृति दिइसकेको छ । पछिल्लो समय भारत र चीनबीच जारी सीमा विवाद खेलकुदसम्म आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement