एसईईको नतिजा आउन केही दिन ढिला आउने

एसईईको नतिजा आउन केही दिन ढिला आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन केही दिन ढिला हने भएको छ ।

काठमाण्डुमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या बढ्दै गएकाले बोर्डले नतिजा प्रकाशन गर्न केही दिन ढिला गरेको हो ।

नतिजा आएपछि विद्यार्थीको गतिविधि बढ्ने भएकाले केही दिनपछि सार्वजिक गरिने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले बताए ।

गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाकै कारण स्थगित भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गर्न लागको हो ।