१९१ यात्रु बोकेको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना,क्षतिको विवरण आउन बाँकी

१९१ यात्रु बोकेको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना,क्षतिको विवरण आउन बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ विमान दुर्घटना भएको छ।  शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको हाे। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको नवभारत टाइम्सले जनाएको छ।

विमान दुबईबाट आइरहेको थियो। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सबै यात्रुको उद्धार कार्य जारी रहेकाे छ।