एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु (अपडेट)

एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु (अपडेट)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ विमान दुर्घटना हुंदा १७ जनाको मृत्यु भएको छ।  शुक्रबार साँझ केरलको कोजिकोडमा विमान दुर्घटना भएको हाे। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटना १२३ जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

दुवईबाट आइरहेको सो विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार रहेका थिए । इयर इन्डिया एक्सप्रेस कम्पनी विमान दुर्घटनामा परेको सामाजिक सञ्जाल ट्वीटमार्फत पुष्टि गरेको छ ।  विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सबै यात्रुको उद्धार कार्य जारी रहेकाे छ।