कोरोनाको भ्याक्सिन आएपनि सय प्रतिशत काम नगर्ने विशेषज्ञको दाबी

कोरोनाको भ्याक्सिन आएपनि सय प्रतिशत काम नगर्ने विशेषज्ञको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाका प्रख्यात संक्रामक कोरोना रोग विशेषज्ञ एन्थोनी फाउचीले कोरोना भाइरसको भ्याक्सिन आएपनि त्यसले सय प्रतिशत नै सुरक्षा दिने सम्भावना नरहेको बताएका छन् ।

डा.फाउचीले भ्याक्सिन बनेपनि कोरोना हुन नदिने जोखिम केवल ५०/६० प्रतिशत मात्र हुनसक्ने बताएका हुन् । उनले भ्याक्सिन आउँदैमा ढुक्क हुन नसकिने भन्दै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेका छन् । उनले भने, ‘हामीलाई अझै के थाहा छैन भने खोप कति प्रभावकारी हुन्छ ?’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचआ)ले समेत कोरोना भाइरसको भ्याक्सिन निर्माण भए पनि यो संक्रमण निमूल नहुने दाबी गरेको छ । तर, विश्वभरीका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सिन निर्माण गर्न जुटिरहेका छन् ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ९५ लाख पुगेको छ । त्यस्तै मृतकको संख्या ७ लाख २४ हजार पुुगेको छ । यो महामारीबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका, ब्राजिल, भारत, रुस र दक्षिण अफिका रहेका छन् ।