एजेन्सी – फ्रान्समा कोरोना भाइरसको संक्रमण बढेपछि मास्क प्रयोगमा कडाई गरिएको छ ।
११ बर्ष भन्दा माथिका बालबालिका, नदीको किनार र भीड भएका क्षेत्रमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने भएको हो ।
नियम पालना नगर्नेलाई १३५ युरो जरिवाना तोकिएको छ । जसमध्ये आजको विनिमयदरअनुसार १९ हजार ८१ नेपाली रुपैयाँ पर्न आउँछ ।
कडा लकडाउनपछि फ्रान्समा कोरोना भाइरसको संक्रमण घटेको थियो तर, जुलाईदेखि संक्रमितको संख्या बढिरहेको छ ।




प्रतिक्रिया