बेरुत विस्फोटः लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

बेरुत विस्फोटः लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेरुतः लेबनानका प्रधानमन्त्री हसन दीबले राजिनामा दिएका छन् । प्रधानमन्त्री दीबले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

राजधानी बेरुतमा गत मंगलबार भएको शक्तिशाली विष्फोटपछि जनस्तरमा आक्रोश बढ्दै गएसँगै प्रधानमन्त्री दीबको मन्त्रीमण्डलले सोमबार साँझ राजीनामा दिएको हो । २ सयको ज्यान जाने तथा ६ हजार घाइते हुने गरी भएको विष्फोटपछि आक्रोशित समूहले सरकार परिवर्तनको मागसहित आन्दोलन गर्दै आएका थिए ।

विष्फोटपछि राजधानीको एक बन्दरगाहमा भण्डारण गरिएको २ हजार ७५० टन एमोनियम नाइट्रेट व्यवस्थापन गर्न नसकेको तथा भ्रष्ट्राचार भएको आरोप सरकारलाई लागेको छ । भण्डारण गरिएको सोही एमोनियम विष्फोट भएको थियो ।

यसैबीच प्रधानमन्त्री दीबको राजिनामा राष्ट्रपति माइकल इयोनले स्विकृत गरेका छन् । राजिनामा स्विकृतसँगै उनले नयाँ सरकार गठन नभएसम्मका लागि कामचलाउ सरकारका रूपमा दीबकै सरकार रहने बताएका छन् ।