एजेन्सी – सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्न अस्पताल पुगेका ८४ वर्षीय मुखर्जीको अवस्था गम्भिर भएका कारण भेन्टिलेटरमा राखेर उपचार थालिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।
उनी सन् २०१२ देखि सन् २०१७ सम्म भारतका राष्ट्रपति थिए । यसअघि भारतका गृह मन्त्री अमित शाहलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।




प्रतिक्रिया