भारतीय कांग्रेसका प्रवक्ता राजीव त्यागीको मृत्यु

भारतीय कांग्रेसका प्रवक्ता राजीव त्यागीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय कांग्रेसका प्रवक्ता राजीव त्यागीको मृत्यु भएको छ । प्रवक्ता त्यागीको बुधबार हृदयघातका कारण गाजियाबादको यशोदा अस्पतालमा मृत्यु भएको हो । भारतीय कांग्रेसले ट्वीटरमार्फत उनको मृत्यु भएको पुष्टि गरेको छ ।

कांग्रेसका महासचिव प्रियंका गान्धीले राजीवको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएकी छन् । गाजियावादमा निधन हुनु २ घण्टाअघि उनी आज तकको लाइभ अन्तरवार्तामा सहभागी भएका थिए ।

राहुल गान्धी पार्टी अध्यक्ष हुँदा सन् २०१८ डिसेम्बर ३१ मा १० नयाँ प्रवक्ता नियुक्त गर्दा राजीव त्यागी पनि प्रवक्ता भएको बीबीसी हिन्दीले जनाएको छ ।