एजेन्सी – चीनले ब्राजिलबाट ल्याइएका ‘चिकेन विंग्स’ मा कोरोना भाइरस ‘कोभिड १९’ देखिएको जनाएको छ ।ब्राजिलको दक्षिणी राज्य सान्ता क्याटेरिनाको अरोड़ा एलिमेन्टोस प्लान्टबाट चीनको सेनजेन ल्याइएका कुखुराको पखेटा ‘चिकेन विंग्स’ मा कोरोना भाइरस देखिएको हो ।
सेनजेनको स्थानिय सरकारले एक विज्ञप्ति जारी गर्दै फ्रोजन ‘चिकेन विंग्स’मा कोरोना देखिएसँगै सेनजेनमा ‘फ्रोजन चिकेन विंग्स’ खरिद नगर्न निर्देशन दिएको एनडीटिभीले जनाएको छ । आयातित स्थिर खाद्य पदार्थ र जलीय खानाहरू किन्दा उपभोक्ताहरू सतर्क हुनपर्ने त्यहाको सरकारले बताएको छ ।
मंगलबार मात्र इक्वेडरबाट ल्याइएको समुन्द्रमा पाइने ‘झिंगेमाछा’ को नमुना संकलन गरी परीक्षण गर्दा बुधलबार ‘झिंगेमाछा’मा पनि कोरोना देखिएको चीनको सरकारी टेलिभिजनले बताएको थियो । ब्राजिल हाल कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो स्थानमा छ ।




प्रतिक्रिया