एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन भएको छ । ७१ वर्षीय रोबर्ट ट्रम्पको शनिबार न्यूयोर्क अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ ।
रोबर्टको निधनबारे राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । उनले आफ्नो भाई सबैभन्दा मिल्ने साथी भएको बताएका छन् । उनले भाईलाई धेरै सम्झिएको र पुनः भेट हुने बताएका छन् ।
‘ऊ मेरो भाइ मात्र थिएन, सबभन्दा राम्रो साथी थियो । उसलाई असाध्यै मिस गर्नेछु, तर हामी फेरि भेट्नेछौँ’, उनले भनेका छन् ।
राष्ट्रपति ट्रम्पका छोरा एरिकले पनि काकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
‘रबर्ट ट्रम्प एक अविश्वसनीय व्यक्ति थिए – बलियो, दयालु र काम प्रति वफादार,’ उनले ट्विटरमा लेखेका छन्, ‘उहाँलाई हाम्रो परिवारले धेरै मिस गर्नेछ ।’
रोबर्ट केही महिनाअघिदेखि बिरामी परेका थिए ।




प्रतिक्रिया