न्यजिल्याण्डको निर्वाचन सार्ने प्रधानमन्त्रीको घोषणा

न्यजिल्याण्डको निर्वाचन सार्ने प्रधानमन्त्रीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – न्युजिल्याण्डको निर्वाचन एक महिना पर सरेको छ । कोरोना भाइरसको महामारीका कारण न्युजिल्याण्डको निर्वाचन एक महिना सरेको हो ।

प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरसको संक्रमण बढिरहेकाले निर्वाचन स्थगित भएको बताएकी हुन् ।

पछिल्लो समय अकल्याण्डलगायतका क्षेत्रमा पुनः कोरोना भाइरसका संक्रमित देखिएको भन्दै अर्डनले १७ अक्टोबरसम्मका लागि निर्वाचन स्थगित गर्ने घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री अर्डनले मुलुकमा अझै धेरै संक्रमितहरु फेला पर्न सक्ने भन्दै सतर्क रहन सबैलाई आग्रह गरेकी छिन् । साथै उनले अब पुनः निर्वाचनको तालिका परिवर्तन गर्ने आफ्नो मनसाय नरहेको पनि स्पष्ट पारेकी छिन् ।

अहिलेसम्म न्युजिल्याण्डमा कोरोना भाइरसका एक हजार ६३१ संक्रमित फेला परिसकेका छन् भने २२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।