चीनले दियो आफ्नो कोरोनाविरुद्धको पहिलो खोपलाई ‘पेटेन्ट’ अनुमति

चीनले दियो आफ्नो कोरोनाविरुद्धको पहिलो खोपलाई ‘पेटेन्ट’ अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनले कोरोनाविरुद्धको पहिलो भ्याक्सिनलाई पेमेन्ट अनुमति दिएको छ ।

चीनको बौद्धिक सम्पदा नियामक संस्थाले चिनियाँ कम्पनी क्यानसाइनो बायोलोजिक्स कर्पोरेसनले उत्पादन गरेको एडी फाइभ–एनसीओभी नामको कोरोनाविरुद्धको भ्याक्सिनका लागि पेटेन्ट अनुमति दिएको हो ।

ग्लोबल टाइम्सका अनुसार चीनमा कोभिड–१९ को भ्याक्सिनलाई पहिलोपटक यस्तो अनुमति प्रदान गरिएको हो । उक्त भ्याक्सिन कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउन प्रयोग गरिनेछ ।

दुई चरणमा भ्याक्सिनको परीक्षण भइसकेको छ भने चीनले तेस्रो परीक्षणका लागि रुस ब्राजिल र चिलीसँग छलफल भइरहेको को तयारी भइरहेको चीनले जनाएको छ ।

यसबारे अष्ट्रेलियास्थित वाल्टर एण्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्राध्यापक मार्क पेलेग्रिनीले भनेका छन् ‘पेटेन्ट अनुमतिको अर्थ कसैले उक्त भ्याक्सिनको नक्कल गर्न पाउने छैन भन्ने हो । क्लिनिकल ट्रायलका लागि पेटेन्ट हुनु अनिवार्य भने छैन ।’