काठमाण्डु – चितवनमा डीएसपीसहित ४२ जना सशस्त्र प्रहरीमा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाहिनीका प्रमुख डिआइजी मन्दिप श्रेष्ठका अनुसार जसमा ४० पुरुष र २ महिला रहेका छन् । संक्रमितहरु १९ देखि ५५ वर्ष उमेर समूहका छन् ।
संक्रमित सशस्त्र प्रहरीमध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । उनका अनुसार एकैपटक यति धेरै सशस्त्रमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राख्न समस्या भएको छ ।
यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सोही गणमा छन् । अहिलेसम्म ७७ जनाको स्वाब परीक्षण गरिएकोमा ५० जनामा संक्रमण पुष्टि भएको छ ।




प्रतिक्रिया