काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञा लगाउने तयारी भएको छ । काठमाण्डु उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने तयारी गरेका हुन् ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काठमाण्डु र ललितपुरका सिडिओहरुसँग निषेधाज्ञा लगाउने विषयमा छलफल जारी रहेको जानकारी दिइन् ।
उनले कोरोना संक्रमणदर उच्च दरमा बढिरहेकाले सरकारसँग समन्वय गरेर निषेधाज्ञा लगाउने तयारी भएको जानकारी दिइन् ।
‘काठमाण्डु उपत्यकामा बढिरहेको कोरोना संक्रमण दरलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाउने विषयमा छलफल गरिरहेका छौं’, सिडिओ पाण्डेले भनिन्, ‘यस विषयमा सरकारसँग पनि छलफल भइरहको छ । हामीले संयुक्त बैठक बसेर निर्णय गर्ने छौं ।’
काठमाण्डु उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने सिडिओ पाण्डेको भनाई छ । पछिल्ले समय काठमाण्डु उपत्यकामा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । सरकारले करिब चार महिना लामो लकडाउन अन्त्य गर्ने घोाषणा गरेसँगै कोरोना संक्रमण पनि समुदायस्तरमा फैलिएको छ ।




प्रतिक्रिया