काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप गर्न माग गरेका छन् ।
चार वर्षे कार्यकाल सकिएर बिदा हुन लागेका घिसिङले नेपालको उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउको बताउँदै अध्यक्ष लोहनीले सरकारले सक्षम व्यक्तिलाई पुनः अवसर दिनुपर्ने माग राखेका छन् ।
‘बिचौलिया र दलाल पूँजीबादमा डुबेको यो सरकारले उनलाई फेरि नियुक्त गर्छ जस्तो मलाई लाग्दैन’, उनले भने, ‘तर अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनै पर्छ ।’
अध्यक्ष लोहनीले कूलमानलाई आगामी चार वर्षे कार्यकाल दिएर भारतबाट आयात हुने विद्युत पूर्०ा रुपमा हटाएर नेपाललाई पूर्ण रुपमा बिद्युतमा आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।
‘कम्पनी राम्रै नाफामा जान थालेको परिवेशमा अबको चार बर्ष भित्र थप पूँजी जनताको लागि सेयर बजारमा बेच्ने र प्राधिकरणमा जनताको स्वामित्व कमसेकम ५० प्रतिशत पुराउने’, उनले भने, ‘नयाँ सेयर किन्ने लगानीकर्तालाई कमसेकम १२ देखि १५ प्रतिसत लगानीमा प्रतिफल सुनिश्चित गर्ने ।’
अध्यक्ष लोहनीले जल बिद्युत बाहेक अन्य उर्जा स्रोत बाट १० देखि १५ प्रतिशत बिद्युत उत्पादन गर्नुपर्ने बताएका छन् ।




प्रतिक्रिया