काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाभित्रको विवाद अन्त्य भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत सल्लाहकार रिजालले साउनमा चुलिएको विवादको कृत्रिम चुलीमा ‘आइसब्रेक’ लागेको बताएका छन् । उनले गतसाता भूषण दाहालसँगको टेलिभिजन टक–शोमा प्रधानमन्त्री ओलीले पाँच दिनमा नेकपाको सिनारियोमा पुरै परिवर्तन आउने भनी घोषणा गरेअनुसार नै भएको दाबी गरेका छन् ।
‘९ दिन लामो प्रत्यक्ष भेट र संवादहीनता तोडेर दुई अध्यक्षबीच भेट संभव भएर साउनमा चुलिएको विवादको कृत्रिम चुलीमा ‘आइसब्रेक’ नै भइहाल्यो’, उनले भने , ‘प्रधानमन्त्रीज्यू र भारतीय समकक्षीबीचको अगस्ट १५ को संवादले चार महिनाअघिको संवादको कडीलाई जोडेर नयाँ सिलसिला शुरू गरेको छ ।’
त्यस्तै सल्लाहकार थापाले हिजो सम्पन्न नेकपा सचिवालय बैठकले बँचेखुचेका असन्तुष्टि समेत अन्त्य गरेर कार्यदल गठनको प्रक्रियालाई जानरीमा लिएर अनुमोदन गरिसकेको बताएका छन् ।




प्रतिक्रिया