काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलका स्वकीय सचिव प्रवेश थापा चढेको गाडीले एक स्कूटरलाई ठक्कर दिएको छ ।
मंगलबार बिहान साढे ९ बजे गृहमन्त्रीलाई लिन सिंहदरबारबाट स्कर्टिङ टोली निवासतर्फ जानेक्रममा बा ९४ प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
सो स्कूटरमा नुवाकोटकी २७ वर्षीया सुजा थापा र लिला थापा सवार थिए । सुजा गर्भवती रहेको खुलेको छ । सुजाको पेटमा एकदमै पिडा भएका कारण उनलाई प्रसूती गृह पठाइएको छ भने लीलाको खुट्टामा सामान्य चोट लागेको छ ।
स्कूटरमा सवार दुवै जनाको अवस्था सामान्य रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए ।




प्रतिक्रिया