लुक्लामा समिट एयरको जहाज दुर्घटना हुनबाट जोगियो

लुक्लामा समिट एयरको जहाज दुर्घटना हुनबाट जोगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको छ ।

अवतरणका क्रममा रन वेमा जहाजको टायर लक भएर समस्या आएको थियो । जहाज अवतरणका क्रममा गडवढी देखिएपछि पाइलटले केहीबेरमा जहाज पार्किङस्थलमा पुर्याएका थिए ।

जहाजमा सामान्य गडबढी भएको र सबै जना सकुशल भएको  विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मी दिपा कटुवालले जानकारी दिएका छन् । यस घटनाबारे समिट एयरको कुनै आधिकारीक जानकारी आएको छैन ।