मोरङमा ४१ अर्ब राजस्व सङ्कलन

मोरङमा ४१ अर्ब राजस्व सङ्कलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – मोरङमा आर्थिक वर्ष २०७६/७७ मा कूल ४१ अर्ब तीन करोड ७६ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ ।

यो राजस्व आव २०७५/७६ को भन्दा छ अर्ब २० करोड ५८ लाखले कम हो भने आर्थिक वर्ष २०७४/७५ को भन्दा ६३ करोड ३६ लाखले बढी हो । आव २०७५/७६ मा कूल ४७ अर्व २४ करो ३४ लाख र आव २०७४/७५ मा ४० अर्ब ४० करोड ४० लाख राजस्व सङ्कलन भएको थियो ।

गएको आवमा चैत महिनाको ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले आर्थिक क्रियाकलाप ठप्प हुनु, निर्माणको कार्य रोकिनु, बजार बन्द रहनुले पनि राजस्व कम उठेको प्रमुख पर्शुराम नेपालले जानकारी दिए । उनले गएको वर्षमा पूँजीगत बजेट तीन अर्ब ९४ करोड ५६ लाखमा तीन अर्ब १३ करोड ८७ लाख अर्थात् ७९ दशमलव पाँच प्रतिशत खर्च भएको जानकारी दिए । सोही वर्ष चालूतर्फ ३१ अर्ब ८० करोड १५ लाख बजेटमध्ये ३१ अर्ब १३ करोड २२ लाख खर्च भएको बताइएको छ ।

आवमा २०७५/७६ मा कूल ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा २९ अर्ब ४४ करोड २१ लाख निकासा भएको थियो । पूँजीगततर्फ चार अर्ब ७५ करोड ३० लाख वार्षिक बजेटमा तीन अर्ब ५७ करोड ७८ लाख निकासा भएर ७५ प्रतिशत प्रगति हासिल गरेको थियो भने सोही अवधिमा चालू र पूँजीगत गरी कूल ३५ अर्ब ६० करोड पाँच लाखमा ३३ अर्ब एक करोड ९९ लाख निकासा भई ९३ प्रतिशत प्रगति हासिल भएको थियो ।