एजेन्सी – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने जनाएको छ ।
शुक्रवार जेनेभामा संगठनका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले बोल्दै भने, सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरसको महामारी छिटो नियन्त्रणमा आउने बताएका हुन् ।
हाल प्राविधिक रूपमा बढी सबल भएको अवस्थामा कोरोना भाइरस छिटो नियन्त्रणमा आउन सक्ने समते उनले बताए।एक अर्काको सम्पर्कका कारण कोरोना भाइरस तीव्र रुपमा फैलियो तर हामीसँग यसलाई रोक्नका लागि प्रविधि र ज्ञान पनि छ। सन् १९१८को घातक फ्लूका कारण कम्तीमा ५ करोडले ज्यान गुमाएका थिए।
हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण करिब ८ लाख मानिसहरूले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी सङ्क्रमित भएका छन्। महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक पीपीईसँग सम्बन्धित भ्रष्टाचार सम्बन्धी प्रश्नलाई पनि सम्बोधन गरे र त्यसलाई “अपराधको“ सङ्ज्ञा दिए।
“कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य छैन,“ उनले भने।“तर वास्तवमा मेरा लागि पीपीईसँग सम्बन्धित भ्रष्टाचार हत्या हो। किनकि स्वास्थ्यकर्मीहरूले पीपीई बिना काम गर्नु भनेको हामीले उनीहरूको ज्यान खतरामा पार्नु हो। र त्यसले उनीहरूले सेवा गरिरहेकाहरूको ज्यान समेत खतरामा पार्छ।“




प्रतिक्रिया