भारतीय कंग्रेसको अध्यक्षबाट सोनिया गान्धीको राजीनामा, को बन्ला नयाँ अध्यक्ष ?

भारतीय कंग्रेसको अध्यक्षबाट सोनिया गान्धीको राजीनामा, को बन्ला नयाँ अध्यक्ष ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – सोनिया गान्धीले भारतीय कंग्रेसको अध्यक्षबाट राजीनामा दिएकी छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि गान्धीले सोमबार राजीनामा दिएकी हुन् ।

गान्धीले सोमबार कंग्रेस कार्यसमिति (सीडब्ल्यूसी) लाई कंग्रेस पार्टीको अन्तरिम प्रमुख पदमुक्त गर्न आग्रह गरेकी थिइन् तर, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत धेरै नेताले उनलाई जारी राख्न आग्रह गरेका थिए ।

पार्टी नेता एके एन्टोनीले यदि सोनिया गान्धी पार्टी अध्यक्ष हुन इच्छुक छैनन् भने राहुल गान्धीले पदभार लिनैपर्ने बताए ।

२३ जना नेताहरूले अन्तरिम पार्टी प्रमुख सोनिया गान्धीलाई संगठनको पुनरावलोकनको लागि पत्र लेखेपछि बैठक बोलाइएको थियो । कपिल सिब्बल, शशि थरूर, गुलाम नबी आजाद, पृथ्वीराज चव्हाण, विवेक टन्खा र आनन्द शर्माले गान्धीलाई पत्र लेखेका थिए ।

उनको जवाफमा गान्धीले सबै नेताहरुलाई नयाँ नेता खोज्नको लागि सुझाव दिएकी थिइन् ।

राहुल गान्धीले पार्टी प्रमुखलाई पठाइएको पत्रबारे आपत्ति जनाएका छन् । ‘पार्टीले मध्य र राजस्थानमा भारतीय जनता पार्टी (भाजपा) संग लडिरहेको छ’, उनले भने ।

सन् २०१९ मा पार्टीले आमनिर्वाचन हारेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए । त्यसपछि सोनियालाई अन्तरिम अध्यक्ष बनाइएको थियो । कंग्रेसभित्र नयाँ अध्यक्षको खोजी सुरु भएको छ । राहुल गान्धी पुनः अध्यक्षमा आउने सम्भावना नरहेकाले पूर्वप्रधानमन्त्री सिंहलाई अध्यक्षको दाबेदारको रुपमा हेरिएको छ ।