लद्दाखमा भारतीय सेनाको मृत्यु भएको छैन, निर्दोष देखाउन ठूलो स्वरमा बोल्छः चीन

लद्दाखमा भारतीय सेनाको मृत्यु भएको छैन, निर्दोष देखाउन ठूलो स्वरमा बोल्छः चीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनले लद्दाखमा भारतीय सेना नमारिएको दाबी गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले गत शनिबार पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा भएको झडपमा भारतीय सैनिकको मृत्यु नभएको दाबी गरेकी हुन् ।

बुधबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता हुवाले भारतीय सेनाको मृत्यु भएको भन्ने समाचारको खण्डन गरेकी हुन् ।

‘भारतले आफूलाई निर्दोष देखाउन ठूलो स्वरमा बोलेको हो । सीमा क्षेत्रमा उसले उत्तेजित पार्ने गतिविधि गरिरहेको छ । यो वर्षको सुरूदेखि नै भारतले पटकपटक त्यस्ता नियन्त्रण रेखामा फेरबदल ल्याउने प्रत्यन गरिरहेको छ । यसको सबै जिम्मेवारी भारतलाई जान्छ’, उनले भनिन् ।