फ्रान्सका राष्ट्रपति इराक भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

फ्रान्सका राष्ट्रपति इराक भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बग्दाद –  फ्रान्सका राष्ट्रपति इयानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आइपुग्नु भएको छ । लेबनानको दुई दिने भ्रमणपछि उहाँ इराक आउनुभएको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ ।

इराकमा पूर्व गुप्तचर प्रमुख मुस्ताफा अल कादिमी प्रधानमन्त्री भएपछि फ्रान्सबाट इराक आएकामध्ये म्याँक्रो नै सबैभन्दा वरिष्ट पदाधिकारी हुनुहुन्छ । इराकमा कादिमीको नेतृत्वमा गत मे महिनामा नयाँ सरकार गठन भएको हो ।

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले इराक भ्रमणका क्रममा इराकी राष्ट्रपति बर्हाम सलिह, प्रधानमन्त्री कादिमीलगायतका शिर्ष नेताहरुलाई भेट्ने अपेक्षा गरिएको छ । भेटवार्ताका क्रममा उहाँहरुका बीचमा आपसी सम्बन्ध, दुई पक्षीय सहकार्य, कोरोनाभाइरसको असर, आर्थिक संकट, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा छलफल हुने बताइएको छ ।

लेबनान भ्रमणकै क्रममा पनि उहाँले आफू इराकको समेत भ्रमणको तयारीमा रहेको र त्यहाँँको भ्रमणका क्रममा शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताउनुभएको थियो ।  अल कादिमी नेतृत्वको सरकारलाई इराकमा संयुक्त राष्ट्रसंघले पनि समर्थन गरेको छ । तर अमेरिका र इराकका बीचमा भने तनाब थप बल्झिएको छ ।

इराकमा गत जनवरीमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणका क्रममा मृत्यु भएपछि दुई देशबीचको सम्वन्ध थप बिग्रिएको हो । फ्रान्सेली राष्ट्रपति म्याँक्रोले अमेरिकासँगको सम्बन्ध सुधारका बारेमा पनि इराकी शीर्ष नेताहरुसँग छलफल गर्नुहुने अपेक्षा गरिएको छ ।-एपी