नेमारलाई कोरोना भाइरस संक्रमण पुष्टि

नेमारलाई कोरोना भाइरस संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पेरिस सेन्ट जर्मेनका फुटबलर नेमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २८ वर्षीय ब्राजिलियन फुटबलरलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पेरिस सेन्ट जर्मेन हालै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा वार्यन म्युनिकसँग पराजित भएको थियो । क्लबले यस अघि तीन जना खेलाडीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

‘तीन जना खेलाडी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन् ’ क्लबले एक विज्ञप्ति जारी गर्दै भन्यो ।