बागलुङमा बाढीपहिरो: दुईको मृत्यु, १२ जना वेपत्ता

बागलुङमा बाढीपहिरो: दुईको मृत्यु, १२ जना वेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा पहिरोमा परी २ जनाकाे मृत्यु भएकाे छ भने १२ जना बेपत्ता भएका छन् ।

स्थानीय धाेबीखाेलाकाे बाढी र वडा नम्बर ९ को देउरालीबाट खसेको पहिरोले बुधबार राति सुप्राङ, लाकुरीबोट र दुनेपंधेराका गरी १५ भन्दा बढी घर बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।

बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको प्रहरीले जनाएकाे छ ।घटनास्थल सदरमुकामदेखि १ सय ३० किलोमिटर पश्चिममा पर्छ । भुजी खोलाका कतिपय पुल जोखिमपूर्ण भएकोले उद्धारमा जानेलाई पनि कठिनाइ रहेको स्थानीयको भनाइ छ ।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन भने, सकेको छैन’,‘अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’

ढोरपाटन सिकार आरक्ष र घोडाबाँधेस्थित नेपाली सेनाको टोली पनि उद्धारका लागि गएको अर्जुनवाण गणका गणपति मिलनध्वज खाँडले जानकारी दिए ।