काठमाण्डु –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कृषि पेधान देशमाजनताले मल नपाएको भन्दै सरकारको आलोचना गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा अध्यक्ष लोहनीले सरकार अर्थमन्त्री परिवर्तन खेलमा लागेकाले जनताको समस्या समाधानमा ध्यान नदिएको बताए ।
‘काठमाण्डुमा जति सुकै बेसर पानी पिए पनि कोभिड संक्रमण बढ्दै छ र काठमाण्डुमा बन्देज कायम छ । तर नेपालका गरिब किसानहरु केहि केजी मलको लागि भिडम भिड गरेर लाममा घण्टौँ बस्न बाध्य छन्’, उनले भने, ‘तैपनि मल छैन तर बच्नको लागि कोभिडको जोखिम मोल्न जनता बाध्य छन् । यसबारे सरकारलाई वास्ता छैन । तर को अर्थमन्त्री हुने भन्ने कुरो नै सबैभन्दा प्राथमिकतामा परेछ ।’
त्यस्तै उनले कोभिडको महामारीका बेला सुदूर–पश्चिमाञ्चलबाट हजारौँ युवाहरु कोरोना पीडित भारतमा गएको भन्दै यो भन्दा लज्जाको कुरा हुन नसक्ने बताए ।
उनले भने, ‘संकटमा परेको क्षेत्रका जनताको लागि कामको लागि खाद्यान्न व्यवस्था गरि देश भित्रै बच्ने वातावरण किन बनाउन नसकेको ? के यो देशमा सरकार छ कि लुट को राज्य छ ?’
त्यस्तै उनले रेलको ठेक्काबारे पनि आपत्ति जनाएका छन् । अध्यक्ष लोहनीले पैसाको अभाव देखाएर मिलेमतोमा मुअब्जा सम्म वितरण नगरी कानुनबिपरित तिस अरबको रेल बनाउने ठेक्का मिलोमतोमा बाँडिएको विषयमा आपत्ति जनाए । ‘तर सरकार मौन छ हरियो मकै बारीमा पसेको साँढे जसले जे गरे पनि मकै खान नछोड्ने जस्तो उसको चरित्र छ’, उनले भने, ‘अब तपाईं भन्नुस् नेपाली जनताको विरुद्ध नेपालमा को सक्रिय छ ?’




प्रतिक्रिया