ललितपुर – ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्।
अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर बनाएकाे छ। सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ। प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसिरहेका छन्।
त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले पनि तनाव कायमै छ । युवाहरुले रथ सडकको बीचमा पुर्याएका छन् ।
लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो। असार १० गतेबाट रथ निर्माण सुरू भएको थियो। मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ।गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन।





प्रतिक्रिया