एजेन्सी – जापानमा आँधीबाट प्रभावित क्षेत्रका दुई लाख मानिसलाई सुरक्षित स्थानमा आदेश जारी भएको छ । हेसेन नामको उक्त ताइफूनले धेरै मानिसहरुलाई प्रभावित पार्ने भन्दै जापान सरकारले दुई लाख मानिसहरुलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको हो ।
उक्त ताइफून आइतबार १६० मिलोमिटर प्रतिघन्टाको गतिले आउने बताइएको छ । यो आँधी आइतबार जापानको क्युशुमामा आइपुग्ने र सोमबार दक्षिण कोरिया पुग्ने जनाइएको छ ।
आँधीको त्रासका कारण सयौं फ्लाइट र रेल सेवा रद्द गरिएको छ । जापानी मौसम पूर्वानुमान विभागले यो टाइफून गम्भीर नभए पनि स्थानीयहरुले अधिक सतर्कता अपनाउन आवश्यक रहेको बीबीसीले जनाएको छ ।




प्रतिक्रिया