असोज ३० सम्म अन्तराष्ट्रिय नाका बन्द, कात्तिक १ गतेबाट विदेशी पर्यटकलाई खुल्ला गर्ने निर्णय

असोज ३० सम्म अन्तराष्ट्रिय नाका बन्द, कात्तिक १ गतेबाट विदेशी पर्यटकलाई खुल्ला गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले असोज ३० गतेसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भारततर्फका सीमा नाका ३० गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगका १० वटा नाकाबाट मात्र प्रवेश अनुमत दिइने जानकारी दिए ।

त्यस्तै सरकारले कात्तिक १ गतेबाट विदेशीका पर्यटकका लागि आवागमन खुल्ला गर्ने निर्णय गरेको  छ ।

प्रवक्ता ज्ञवालीले हिमाल आरोहण गर्न आउने र पदयात्राका लागि आउने पर्यटकलाई कात्तिक देखि खुला गर्ने निर्णय भएको जानकारी दिए ।

 सरकारले शैक्षिक संस्था, परीक्षा संचालन, गोष्ठी, तालिम, खेलकुद जस्ता क्रियाकलापहरू अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय गरेको छ ।