बिल गेट्सका पिताको ९४ वर्षको उमेरमा निधन


एजेन्सी – माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितियको ९४ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ । उनको सोमवार हुड क्यानलस्थित निवासमा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अल्जाइमरका बिरामी रहेका गेट्स द्वितियको सन् १९२५ नोभेम्बर ३० मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो । उनको निधनपछि बिल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए ।

उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको बिल गेट्सले बताएका छन् । उनले बाबुको निधनले परिवारले ठूलो क्षति पुगेको बताएका छन् ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाए ।

‘मैले बाबुको विवेक, दया र नम्रताबाट सिक्न कहिल्यै छोडिनँ’, बिल गेट्सले भनेका छन् । विलियम हेनरी गेट्स द्वितिय अमेरिकाको एक प्रसिद्ध वकिल थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement