एन आई सी एशिया बैंकमा भाखा नाघेका कर्जामा ८.९९ प्रतिशत ब्याजदर कायम

एन आई सी एशिया बैंकमा भाखा नाघेका कर्जामा ८.९९ प्रतिशत ब्याजदर कायम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एन आई सी एशिया बैंकले असोज मसान्तका लागि समेत पुनः आकर्षक सहुलियत योजना ल्याएको छ । बैंकले साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने जनाएको छ ।

बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने जनाएको छ ।

यस समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि मुलुकको बैंकिङ्ग इतिहासमै पहिलो पटक कर्जामा आकर्षक छुटको व्यवस्था गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।

उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहक महानुभावहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले जनाएको छ । ग्राहकहरुले नेपालको बैंकिङ्ग इतिहासमा दुर्लभ रुपमा उपलब्ध हुने यस ब्याज सहुलियत योजना अनुसार चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आश्विन मसान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाइदा उठाउन सक्नेछन् ।

बैंकले यसअघि समेत ग्राहक महानुभावहरूको बृहत्तर हितको रक्षा गर्नका निमित्त ब्याज सहुलियतका विभिन्न योजनाहरू कार्यान्वयन गरिसकेको छ । नेपाल राष्ट्र बैंकद्वारा मिति २०७६÷१२÷१६ गते निर्दिष्ट गरिएअनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गर्नुभएका ऋणीहरूको कर्जाको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहक महानुभावहरूको बैंक खातामा जम्मा समेत गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट २०७७/०१/ १६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । जसमा ग्राहकहरूको उत्साहपूर्ण सहभागिता भएपछि उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहक महानुभावहरूको खातामा जम्मा समेत बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको उक्त निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै सो को अलावा २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम सोही मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुहुने ग्राहक महानुभावहरूको उक्त कर्जाको तत्कालिन ब्याजदरलाई १ श्रावण २०७७ देखि लागू हुने गरी ९.९९ प्रतिशत बैंकले कायम गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

२१ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।