काठमाण्डु उपत्यकामा ८ सय ५९ जना कोरोना संक्रमित थपिए

काठमाण्डु उपत्यकामा ८ सय ५९ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना रहेका छन् ।

यस्तै बिहीबार ६ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या १५ हजार १ सय ३५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।