काठमाण्डु –ऊर्जामन्त्री वर्षमान पुनकाे सुरक्षामा खटिएका अंगरक्षक (सुरक्षा गार्ड)लाई कोरोना संक्रमण पुष्टि भएको छ । ऊर्जामन्त्रीसहित २९ जनाको शुक्रबार स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
मन्त्री पुनको रिपोर्ट नेगेटिभ आएपनि उनी ५ दिन ओम आइसोलेशनमै बस्ने ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । मन्त्रीकाे रिपोर्ट नेगेटिभ आए पनि अंगरक्षकसँगै हिँडेको हुँदा उहाँ आइसोलेसनमा बस्ने भट्टले बताए ।




प्रतिक्रिया