काठमाण्डु – वि.सं.२०७७ साल असोज ०३ गते । शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११४० काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पती जुट्नुको साथै विलासी जीवन व्यातीत गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सभा समारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महशुष हुनेछ भने नतिजा अरुतिर नै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) तरलपदार्थ जस्तै हाईड्रो,पानि जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुदा पढाइ लेखाइ भने थाती रहनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा तत्काल लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउनु होला । प्रेममा धोका हुने अधिक सम्भावन रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।




प्रतिक्रिया