काठमाण्डु – प्रहरीले एक जनालाई पेसिडाँडाबाट पक्राउ गरेको छ । आफूलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती भएको बताउँदै आएकी बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
पेरिसडाँडामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहेका बेला पार्टी कार्यालयमा प्रवेश गर्न खोजेकी थिइन् । उनी नेताहरुलाई भेट्ने भन्दै भित्र प्रवेश गर्न खोजेकी थिइन् ।
महानगरीय प्रहरी परिसर, काठमाण्डुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले पक्राउ परेकी खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखेर सोधपुछ गरिरहेको जानकारी दिए ।
उनले जिल्ला अदालत, काठमाण्डुमा राईविरुद्ध अंश मुद्दा होलेकी थिइन् । प्रमाण नपुगेपछि खड्काले मुद्दा फिर्ता लिएकी थिइन् ।




प्रतिक्रिया