भारतको राज्यसभामा सांसदको हंगामाः विधेयक च्याते, माइक भाँचियो

भारतको राज्यसभामा सांसदको हंगामाः विधेयक च्याते, माइक भाँचियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको राज्यसभामा सांसदले हंगामा मच्चाएका छन् । सरकारले ल्याएको कृषि सम्बन्धी विधेयकमा असन्तुष्टी जनाउँदै सांसदले हंगामा मच्चाएका हुन् ।

माथिल्लो सदनमा विधेयकबारे छलफल गरिसकेपछि कृषिमन्त्री नरेन्द्र सिंह तोमरले जवाफ दिएका थिए । कृषिमन्त्री तोमरको जवाफमा विपक्षी सांसदहरूले हो–हल्ला गरेका थिए । सांसदहरूले उसभपतिको निर्णयमा हंगामा गरेका हुन् ।

उपसभापतिले विधेयक पारित प्रक्रिया अघि बढाउने निर्णय गरे । विपक्षी सांसदहरूले यसमा खलबली मच्चाएका थिए । सांसदहरूले उक्त विधेयक च्याते र माइक पनि तोडेका थिए ।

टीएमसी सांसद डेरेक ओ ब्रायनले सरकारले धोका दिएको आरोप लगाएका छन् । उनले सरकारले संसदमा सबै नियम तोडेको आरोप लगाएका छन् ।